October 23, 2017

बारामा ७६ थान हतियार सँकलन

उमेश दुबे / बारा ३ जेठ । अासन्न दोश्रो चरणकाे निर्वाचनलाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालय बाराले सर्वसाधारणका हतियार सँकलन गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयले ७६ वटा लाइसेन्स प्राप्त हतियार सँकलन गरेकाे  बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताएका छन ।
प्रहरीकाे रेकर्डमा बारा जिल्लामा २ सय ७६ वटा लाईसेन्स प्राप्त हतियार रहेकाे प्रहरीकाे भनाई छ । सर्वसाधारणलाई हतियार बुझाउने समय १५ दिन थप गरिएको र उक्त समयमा सबै हतियार जिल्ला प्रहरी कार्यालयमा जम्मा भइसक्ने प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

अासन्न दोश्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था सहज बनाउन जिल्लामा २२ सय म्यादी प्रहरी परिचालन गरिएको र जिल्लाको ग्रामिण भेगहरुमा रहेको मतदान केन्द्रहरुको अवस्था हेर्ने, बाटोघाटोको अवस्था र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु संग भेटेर छलफल गर्ने, बिचार बिमर्श गरी निर्वाचनको वातावरण बनाउने कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।