May 25, 2017

बारम्बार दूध उमाल्नु हुन्छ ? थाहा पाउनुहोस् यी हानी बारे –

काठमाण्डौ, २ चैत्र । दूध हाम्रो शरीरको लागि अति नै लाभदायक छ । दूध पनि काँचै र उमालेर सेवन गर्न सकिन्छ ।

हामी मध्ये कतिपयको बानी एउटै दूधलाई बारम्बार उमाल्ने बानी हुन्छ । त्यस्ता व्यक्तिलाई के लाग्छ भने यसले केही हानी हुँदैन बरु दूध ताजा हुन्छ ।
तर यो बानीले तपाईको शरीरलाई घात पुर्‍याउन सक्छ । यसको नोक्सानको बारेमा  थाहा पाउनुहोस्–

यसबारे अनुसन्धान पनि गरिएको छ । जसका अनुसार, केवल १७ प्रतिशत महिलालाई मात्र बारम्बार दूध उमाल्दा यसको पोषक तत्व खत्तम हुन्छ भन्ने थाहा छ । ५९ प्रतिशत महिला बारम्बार दूध उमाल्दा दूधको पोषक तत्व बढ्नेमा विश्वास गर्छन् । बचेका महिलाचाँहि यसले दूधको पोषक तत्वमा खासै असर नपर्ने बताउँछन् ।

दूधलाई फाट्नबाट बचाउन फ्रिजमा राख्न सकिन्छ । तर एकदमै तातो दूधलाई फ्रिजमा राख्नु हुँदैन । एकपटक उमालेको दूधलाई तीन चार मिनेटभन्दा ज्यादा उमाल्नु हुँदैन ।