August 20, 2017

बाबुरामले भने – ‘ नयाँ शक्तिलाई अायाेगले दिएकाे चुनाव चिन्ह अाखाँ हो, त्यही चाहिन्छ’

काठमाण्डौ, १७ चैत्र । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संवैधानिक सङ्कट आउनु अगावै तीनवटै निकायको निर्वाचन सम्पन्न गराउनुको विकल्प नभएको बताएका छन् ।

उनले यो निर्वाचन विगतको जस्तो नभएर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछिको ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।

नयाँ शक्ति पार्टी निर्वाचनप्रति प्रतिबद्ध भए पनि सरकार र केही राजनीतिक दलहरु निर्वाचनप्रति गम्भीर नदेखिएकोले समयमै निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले निर्वाचनसम्बन्धी कानूनमा व्यवस्थापिका संसद बाहिर रहने दललाई दलगत पहिचान सहित निर्वाचन चिन्ह नदिने गरिएको व्यवस्था बहुदलीय लोकतन्त्रको मर्म र नेपालको संविधान विपरीत भएको बताएका छन् ।

उनले चुवान चिन्ह पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् । निर्वाचनसम्बन्धी कानूनमा व्यवस्थापिका संसद बाहिरका दलहरुको दलगत पहिचान सहित निवार्चन चिन्ह नदिने व्यवस्था बहुदलीय लोकतन्त्रको मर्म विपरित भएको बताउदै आफुले मागेको चुनाव चिन्ह नपाए निर्वाचनमा नजाने बताएका छन् ।

आयोगले जसरी पनि आफ्नौ आँखा अंकित चुनाव चिन्ह दिनु पर्ने उनले बताए । आँखा भनेको भिजन भएको र मुलुकको आर्थिक बृद्धि र बढदो क्रममा रहेको भ्रष्टाचारलाई निर्मुल पर्नु आफ्नो भिजन भएको बताए ।

उनले निर्वाचनमा जान आफु जतिबेला पनि तयार रहेको तर आफुले मागेको चुनाव चिन्ह निर्वाचन आयोगले दिनु पर्ने बताए ।