August 23, 2017

बाबरी मस्जिद घटनामा भारतीय जनता पार्टीका शीर्ष १३ जना नेतामाथि मुद्दा चल्ने

काठमाण्डौ ६ बैशाख । बहूचर्चित बाबरी मस्जिद घटनामा भारतीय जनता पार्टीका १३ जना शीर्ष नेतामाथि मुद्दा चलाइने भएको छ ।

भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काउने घटनामा भारतीय जनता पार्टीका शीर्ष नेता लालकृष्ण अडवाणी मुरली मनोहर जोशी कल्याण सिँह र केन्द्रिय मन्त्री उमा भारतीमाथि मुद्दा चलाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतले भनेको छ मुद्दाका विषयमा दैनिक सुनुवाई हुनेछ र यो मुद्दा हेरिरहेका कुनै पनि न्यायधिशके सरुवा हुनेछैन ।

सन १९९२ डिसम्बरमा अयोध्यास्थित विवादित राम जन्मभूमी र बाबरी मस्जिद भत्काउने साम्प्रदायिक भाषण गर्ने र पत्रकारहरु माथि आक्रमण गर्ने जस्ता मुद्दाहरु बर्षौ देखि अलमलमा रहेका छन । सर्वौच्च अदालतको यस्तो आदेशले यी मुद्दाहरुको फैसला हुने अपेक्षा गरिएको छ ।