October 22, 2017

बाघको छालासहित एक व्यक्ति पक्राउ

धनगढी, १७ चैत्र । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत बाघको छाला सहित १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ३ बाट १ थान बाघको छालासहित डडेलधुरा परशुराम नगरपालिका वडा नं. ४ बस्ने सनम जयकरलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धकाे अपराध गरेमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको छ ।

उनलाई थप अनुसन्धान एवं आवश्यक कानूनी कारबाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले बताएको छ ।