November 18, 2017

बाघको आक्रमण बाट प्रहरी इन्स्पेक्टरसहित तीन घाइते

२५ माघ, पर्सा । पर्सामा बाघको आक्रमणबाट प्रहरी इन्स्पेक्टरसहित तीनजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर चक्रबहादुर साह लगायत तीन घाइते भएकाे प्रहरीले जनाएको छ । पर्सा वन्यजन्तु आरक्ष बाट आएको बाघलाई नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर साह, स्थानीय मोतीलाल मण्डल घाइते भएका हुन् ।

बाघले लखनपुर गाविसका वडा नं ७ एकडर्वामा उनीहरुमाथि आक्रमण गरेको थियो । मध्यान्ह १२ बजेतिर आरक्षबाट आएको बाघले गाउँमा सर्वसाधराणलाई आक्रमण गर्न थालेको खबर पाएपछि प्रहरी टोली पुगेको थियो ।

घाइते साह र मण्डललाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी गोविन्दकुमार साहले जानकारी दिए ।

साहको हत्केलामा र मण्डलको टाउकोमा चोट लागेको छ । घाइतेको अहिले विरगन्जको हेल्थ केयर हस्पिटलमा उपचार भईरहेको छ । बाघ अझै नियन्त्रणमा आउन सकेको छैन् ।