August 22, 2017

बागमति सफाइ अभियानको दुई सय हप्ता विशेषरुपमा मनाइने

काठमाण्डौ, २४ फाल्गुन । बागमती सफाइ अभियानको दुई सय औं हप्ता सरसफाइसम्बन्धी विविध कार्यक्रम गरी विशेष रूपमा मनाइने भएको छ ।

स्वयंसेवा र वातावरण रक्षाको लागि सुरु गरिएको बागमती सफाइ अभियान २ सय हप्ता पुगेको अवसरमा फागुन २६ गतेदेखि २८ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

उक्त अवसरमा बागमती नदी किनारका विभिन्न १५ स्थानमा सरसफाइसहितको विभिन्न कार्यक्रम आयोजना गरिने बाग्मती सफाइ महाअभियान मूल आयोजक समितिले जनाएको छ ।

बाग्मती सफाइ अभियानको दुई सय हप्ता पुगेको अवसरमा २६ गते राष्ट्रिय सभागृहमा कवि सम्मेलन, २७ गते बिहान साइकल र्याली र २८ गते बिहान चित्रकला प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।