August 18, 2017

बाइकसँगै मालिकलाई ट्राफिक पुलिसले उठाएपछि

काठमाण्डौ, २७ फाल्गुन । उत्तर प्रदेशको कानपुरमा एउटा अनौठो र हाँस उठ्ने घटना घटेको छ । ट्राफिक पुलिसले बाइकसँगै एक मानिसलाई क्रेनले उठाएर लगेको छ ।

रिपोर्टका अनुसार पुलिसले बाइक उठाउन खोजेको थियो तर त्यो मानिसले बाइकबाट उठ्न मानेन र बाइकसँगै मानिसलाई पनि उठायो ।

पुलिसले त्यो मानिस र बाइकलाई सँगेै उठाउन खोज्दा धेरै मानिसहरुको भीड लागेको थियो । त्यहाँ मानिसको भीड देख्दा यस्तो लाग्थ्यो कि त्यहाँ कुनै उत्सव भइरहेको थियो ।