October 18, 2017

बाँकी रहेका ३८ क्याम्पसमा आज उम्मेद्धारी दर्ता गराईदै

काठमाण्डौ, १५ फाल्गुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन बाँकी रहेका ३८ क्याम्पसहरुमा आज उम्मवेद्धरी दर्ता गरिदैछ ।

उम्मेद्धारी मनोनयनको पहिलो दिन हिजो केही क्याम्पसमा तनाव उत्पन्न भएपछि कार्यतालिका प्रभावित भएको थियो । बिद्यार्थी संगठनहरुबीच बिना व्यवधान आज मनोनयन दर्ता गराउने सहमति भएको छ ।

निर्वाचन कार्य तालिका अनुसार नै अघि बढाउन तोकिएको मितिमा स्ववियु चुनाव सम्पन्न गराउने प्रमुख बिद्यार्थी संगठनहरुले प्रतिबद्धता जनाएका छन् ।