October 24, 2017

बहुवैकल्पिक जीरा

काठमाण्डौ, २५ चैत्र । जीरा खानामा प्रयोग गरिने एकदम स्वादिलो र बासनादार मसला हो । यो एक मसला मात्र होइन बरु यसबाट स्वास्थ्यमा लाभ पनि लिन सकिन्छ ।

शरीरको तौल घटाउन पनि जीरा उपयोगी हुन्छ । एक ताजा अध्ययनमा के पत्ता लागेको छ भने, जीराको धुलोको प्रयाेगले तौल कम गर्न स्वभाविक रुपमा मद्दत मिल्दछ ।

तौल घटाउनुको साथै यसले धेरै खालको बिरामीबाट पनि बचाउने गर्दछ । उदाहरणका लागि जीराको प्रयागले कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ, हृदयघातबाट बचाउँछ । साथै स्मरण शक्ति पनि बढाउँछ, शरीरमा रगतको मात्रा कम छ भने त्यसलाई पूरा गर्ने काम गर्दछ । पाचन प्रक्रियालाई ठीक गरेर शरीरमा वायुको मात्रालाई पनि नियन्त्रण गर्दछ ।

जीरापानी बनाउने तरिका–

ठूलो चम्चाको २ चम्चा जीरा १ गिलास पानीमा रातभरि भिजाएर राख्नुहोस् । भोलीपल्ट बिहान त्यो जिरालाई पानीमा उमालेर तातो–तातो चिया जसरी पिउनुहोस् । त्यसबाट बचेको जीरालाई चपाउन पनि सकिन्छ । प्रत्येक दिन यसको सेवन गर्नाले शरीरको कुनै न कुनै भागबाट अनावश्यक बोसो बाहिर निकाल्न पनि मद्दत गर्दछ ।