June 27, 2017

‘बाहुबली २’ को ट्रेलर रिलिज हुनासाथ चर्चामा

काठमाण्डौ, ३ चैत्र । तेलेगु फिल्म निर्देशक एसएस राजामाैलीको फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ को ट्रेलर रिलिज हुनासाथ युट्युबमा हिट भएको छ ।

रिलिज भएको केही घण्टामा नै यसलाई साढे ३ लाखभन्दा बढिले हेरिसकेका छन् । यो फिल्मको ट्रेलरलाई लिएर धेरै मानिसलाई उत्सुकता थियो ।

बिहीबार बिहान यो फिल्मको ट्रेलर रिलिज भएको थियो । यो फिल्म ट्विटरको टप ट्रेन्ड्मा पनि सामेल भइसकेको छ ।

यु–ए सर्टिफिकेट पाएको यो फिल्म २८ अप्रिलमा रिलिज हुँदैछ ।