June 26, 2017

बहुप्रतिक्षित फिल्म बाहुबली–२ को पोस्टर सार्वजनिक

काठमाण्डौ, ३० फाल्गुन । बहुप्रतिक्षित, ऐतिहासिक फिक्सन फिल्म बाहुबलीः द कन्क्लुजन को पोस्टर सार्वजनिक भएको छ ।

उक्त फिल्मको पोस्टरमा विभिन्न कलाकारको उपस्थिति देख्न सकिन्छ । उक्त चलचित्रमा प्रभास ‘बाहुबली’ , राना दुगबत्ती ‘भल्लाला देवा’ , र तमन्ना भाटियालाई ‘अवन्तिका’ को रुपमा देखाइएको छ ।

एसएस राजामौलीले निर्देशन गरेको फिल्म सेड्युल मुताबिक अप्रिल २८ मा रिलिज हुनेछ ।