August 18, 2017

बस र ट्रक एक आपसमा ठोकिँदा १९ घाइते

निराजन डाँगी

तुलसीपुर, १९ फाल्गुन । राप्ती राजमार्ग अन्तरगत फूलबारी गाविसको लेरुवा डाँडामा बस र ट्रक एक आपसमा ठोकिँदा ड्राइभर सहित १९ जना घाईते भएका छन् ।

दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस र तुलसीपुर तर्फ आउदै गरेको से १ ख १२८७ नम्बरको ट्रक एकआपसमा ठोकिँदा बस चालक तुलसीपुर १९ निवासी बिरन चौधरी गम्भीर घाइते भएका छन् ।

घाइतेभएका मध्ये १२ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।