August 19, 2017

बसले किच्दा हैटीमा ३४ जनाको मृत्यू

काठमाण्डौ ३० फाल्गुन । हैटीमा गुडिरहेको एउटा बसले किच्दा ३४ जनाको मृत्यु भएको छ ।

गोनाइभेस क्षेत्रमा गुडिरहेको बस एक्कासी भीडमा पुगेपछि घटना भएको हो । सबैभन्दा पहिले बसले दुईवटा पैदल यात्रुलाई किचेको थियो । बस चालक भाग्न खोजेपछि बसले भिडमा रहेका अन्य सर्वसाधारणलाई पनि किचेको थियो ।

घटनास्थल राजधानी पोर्ट आउ प्रिन्सबाट १ सय ५० किलोमिटर उत्तरमा पर्दछ । घटनामा दर्जनौ घाइते समेत भएका छन । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।