August 19, 2017

बसबाट खसेका बराइलीको उपचारकाक्रममा निधन

काठमाण्डौ, ३ चैत्र । बसबाट खसेर घाईते भएका रुपेश बराइलीको बिहीबार मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–४ पिखेल बस्ने १३ बर्षिया बराइलीको न्यूरो अस्पतालमा उपचारकोक्रममा बिहीबार मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताउका छन् ।

चैत्र १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा४ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्नेक्रममा बसबाट खसेर घाइते भएका थिए ।

उनको मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि न्यूरो अस्पतालमा पठाइएको थियो । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ ।