बल्चौरका बेसाहारा बालबालिकालाई पत्रकारकाे सक्रियतामा सहयोग

प्रकाश बिक/ टीकापुर, २९ भदौ । कैलालीकाे बल्चौरस्थित एक अाश्रममा रहेका बेसाहारा बालबालिकाहरुलाई खाद्य सामाग्री र लत्ताकपडा प्रदान गरिएकाे छ ।

अाज बाल दिवसको अवसर पारेर ती बेसहारा बालबालिकाहरुलाई  लत्ताकपडा, झोला र खानेकुरा लगायतका सामाग्री  प्रदान गरिएकाे हो । नागरिक दैनिकका संवाददाता समेत रहेका पत्रकार योगेश रावलले  ‘आश्रममा बालबालिकाको बिजोग’ विषयकाे समाचार लेखेपछि ती बालबालिकाहरुलाई देश- विदेशबाट सहयोग उपलब्ध भएकाे थियो ।

पत्रकार रावलकाे सक्रियतामा टीकापुर घर भई दोहा कतारमा रहेका नरेन बिष्टले १३ हजार १, टीकापुरकै जापानमा रहेका गणेश शाहीले १० हजार, झापा घर भई स्विडेनमा रहेका सुमन बरालले १० हजार रुपैया संकलन भएकाे थियो ।

यसैगरी टीकापुरका नवराज भट्टराईले १० हजार, टमट्टा (ताम्राकार) एकता समाज टीकापुरले ५ हजार ५ सय, टीकापुरका व्यवसायी दिपेश तिमिल्सिनाले ५ हजार १ सय ११, पत्रकार एकिन्द्र कुँवरले ३ हजार, टीकापुरका सारांश कोइरालाले २ हजार ५ सय २५, शिक्षक टेकबहादुर सार्कीले २ हजार सहयोग गरेका थिए ।

सुदुर तथा मध्यपश्चिमका विभिन्न पहाडी जिल्लाका बालबालिकाहरु कैलाश धाम धार्मिक वन क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएको आश्रममा बस्दै आएका छन ।

उक्त आश्रम कालीमाताका नामले चिनिने नरिन्ता शाहले सञ्चालन गरेकी हुन । आश्रममा १४ जना बालबालिका छन । ती मध्ये कसैका बुबा छैनन् । कसैका आमा छैनन् । कोही बुबाआमा दुवै नभएका पनि छन । ती गरिबिका कारण पाल्न नसक्ने हुदा ती बालबािलकाहरुलाई आफन्तले नै आश्रममा छोडेकाे बताइन्छ   ।