October 20, 2017

बलेरो जीप त्रिशुलीमा खस्यो

 

चितवन ९ फाल्गुन । नारायणगढ मुग्लिन सडक खण्डको कविलास भन्ने स्थानबाट बोलेरो जीप त्रिशुलीमा खसेको छ ।
चितवनको खैरहनीबाट घरको समान लिई गोरखा जादै गरेको बा ३ च ७५४३ नम्बरको बोलेरो पिकअप जीप सोमबार सडकबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनामा एकै परिवारका ५ जना परेका छन् । चालकसहित ४ जनाको उद्धार गरिएको छ । दुई जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको
छ । गोरखा तार्कु ३ की ६५ वर्षीय बिष्णु माया गुरुङ र उनका १३ वर्षीय नाति कविन गुरुङ नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।