August 19, 2017

बलिउडमा सबैभन्दा लामो किस ४ मिनेट

काठमाण्डौ, १८ चैत्र । सन् १९३३ को भारतीय सिनेमा ‘कर्मा’ को ४ मिनेट किस सिन नै भारतीय सिनेमाको सबैभन्दा धेरै समयको किस सिनको रुपमा चिनिन्छ ।

वास्तविक जीवनमा जोडी बनेका अभिनेता हिमांशु राय र अभिनेत्री देविका रानीले कर्मा सिनेमामा ४ मिनेट लामो समयसम्म किस गरेका थिए ।

हिजो देविकाको १ सय नवौं जन्मोत्सवको अवसरमा यो कुराको खुलासा गरिएको हो । उनी भारतीय सिनेमामा किस गर्ने पहिलो अभिनेत्री पनि हुन् ।

यद्दपि सन् १९२९ को मौन चलचित्र ‘अ थ्रो अफ डाइस’ को अन–स्क्रिन किसलाई भारतीय सिनेमाको पहिलो किस मानिन्छ ।