बर्ष २०१८ मा माेदी र सि नेपाल अाउने : परराष्ट्रमन्त्री

काठमाण्डौ ३चैत्र । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तराष्ट्रिय भ्रमणहरु हुने बताएका छन ।

२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने र चीनीयाँ राष्ट्रपति सि जिनपिङपनि नेपाल आउने भन्दै नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुने ज्ञवालीले बताए ।

शनिबार काठमाडौमा आयोजित साक्षात्कारमा उनले हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उल्लेख गरे ।

उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए ।  भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिईसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो ।

मन्त्री ज्ञवालीले नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएको उल्लेख गदै आगामी दिनमा मुलुकको राष्ट्रिय नीतिलाई बल पुग्नेगरि विदेश नीति अघि बढ्ने बताए । त्यस्तै उनले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कुटनीतिलाई बढावा दिने विश्वास दिलाए ।

दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने ज्ञवालीले स्पष्ट पारे । ज्ञवालीले छिमेकीहरुसँग असल, सन्तुलित र पारस्परिक लाभ हाँसिल गर्ने रुपमा सम्बन्ध प्रगाढ बनाईने बताए ।