October 22, 2017

वर्षमान पुन भन्छन्ः कुनै हालतमा चुनाव रोकिदैन

काठमाण्डौ, १८ चैत्र । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कुनै दलले भाग नलिए पनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कारमा उनले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको बताउँदै कुनै हालतमा निर्वाचन नरोकिने प्रष्ट पारे ।

मधेशी मोर्चा लगायतका असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने र निर्वाचनको प्रक्रिया पनि सँगसँगै अघि बढाउने सरकारको तयारी रहेको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानु अघि नै असन्तुष्ट मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको समेत दाबी गरे ।