March 26, 2017

बर्दियामा १ अर्ब लगानीमा रिसोर्ट बन्ने

काठमाण्डौ, २२ फाल्गुन । भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेड्रेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा १ अर्ब लगानीमा रिसोर्ट निमार्ण गर्ने भएको छ ।
आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे हालै सम्पन्न लगानी सम्मेलनमा सहभागि हुन आएका भारतका लागि नेपाली राजदुत दीप कुमार उपाध्यायको नेतृत्वमा नेपाल आएको कमर्श एण्ड ईन्डष्ट्रिजले यस्तो जानकारी दिएको हो ।

कमर्श एण्ड ईन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले नेपालमा हुने बन्द हड्ताल लगायत राजनीतिक उथलपुथलका कारण लगानीकर्ता खुलेर लगानी गर्न डराई रहेको बताए ।

त्यस्तै कमर्श एण्ड ईन्डष्ट्रिजका महासचिव मोहन कार्कीले हालै बर्दियामा राष्ट्रिय निकुञ्ज आसपाससँगै देशका विभिन्न भागमा २५ वटा रिसोर्ट निमार्ण गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *