देउवा भन्छन-‘बन्दुके भाषाले अधिकार प्राप्त हुदैन’

काठमाण्डौ, ८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैं बन्दुकको भाषाले अधिकार प्राप्त नहुने बताएका छन् ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रम अन्तर्गत राष्ट्रलाई निकास कसरी भन्ने राष्ट्रिय बहस गोष्ठिमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

सभापति देउवाले संविधान संशोधन नगरी निर्वाचनमा जाने आफ्नो इच्छा नभएको तर संविधान संशोधनका लागि दुई तिहाई मत आवश्यक पर्ने हुँदा संविधान संशोधनमा वाधा पुगेको बताए ।

उनले माओवादीले गरेको दश वर्षे जनयुद्धलाई ईगिंत गर्दै सधैं बन्दुकको भाषाले मात्र अधिकार प्राप्त नहुने बताए ।

मधेश, पहाड र हिमालमा बस्ने सबै नेपाली भएको बताउँदै मधेसी र पहाडी बीचको खाडललाई सबै मिलि भर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले असन्तुष्टका मागहरुलाई सम्बोधन गरेर अगाडि बढनुपर्नेमा जोड दिएका थिए ।