August 23, 2017

‘बढी शुल्क लिने’ ४५ निजी स्कुलमा तालाबन्दी

काठमाडौँ, १४ वैशाख  । विद्यार्थीसँग चर्को शुल्क लिएका राजधानीका ४५ निजी स्कुलमा विद्यार्थी संगठनले ताला लगाएका छन्। शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले बुधबार उपत्यकाका ४५ वटा स्कुलमा ताला लगाएका हुन्।

एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरका अनुसार शुल्क वृद्धि नियन्त्रण गर्न सरकारलाई पटक पटक आग्रह गरेपनि बेवास्था गरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको बताए। उनका अनुसार रातो बङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइटफिल्ड, स्वर्णिम, माउन्ट ग्ल्वरी, भीएस निकेतन, गीताञ्जली, रेड्न, फ्लोरिसेन्ट, अपि, ज्ञान निकेतन, काठमाडौं विद्याकुन्ज, काव्य, पुष्प सदन, विभूती, कन्चनजङ्घा, प्यारागन, संस्कृति स्कुलमा ताला लगाइएको छ। यो खबर अन्नपूर्ण पोष्टमा छ ।