October 23, 2017

बजेट दुरुपयोग गरी रोल्पामा एक सय १३ वटा नयाँ सडकमा लगानी

काठमाण्डौ, २४ चैत्र । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक बर्ष २०७३/७४ को आधा अवधि सकिएपछि रोल्पा जिल्लामा मात्रै एक सय १३ वटा नयाँ सडक समावेश गरेर त्यसका लागि ४२ करोड ४१ लाख रुपैयाँ बजेट व्यवस्था गरेका छन् ।

साथै ११ वटा सडकलाई ११ करोड र २१ वटा सडकलाई नौ करोड ८८ लाख रुपैयाँ गरी ६३ करोड २९ लाख रुपैयाँको बजेट गैरकानुनी तरिकाले विनियोजन गरेका छन् ।महरा रोल्पाका स्थानिय बासीन्दा तथा रोल्पा क्षेत्र नम्बर १ का सांसद पनि हुन । महराको उक्त कार्यको माओवादीभित्रै चर्को आलोचना भएको छ ।

अर्थमन्त्री ले नै बजेट दुरुपयोग गरेपछि माओवादीलगायत अन्य दलका नेताहरुले विरोध गरेका छन । यो खबर आजको आर्थिक दैनिकमा छ ।