October 17, 2017

बजेटमा रक्षा खर्च बढाउने ट्रम्पको तयारी

काठमाण्डौ, १७ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बर्षको बजेटमा रक्षा खर्च बढाउने जनाएका छन ।

उनले सन् २०१८ को बजेटमा रक्षा खर्च ५४ अर्ब डलर बनाउने बताएका छन् । यो खर्च कुल बजेटको लगभग ९ प्रतिशत हो । ट्रम्पले विदेशी सहायता, पर्यावरण लगायत विभिन्न शीर्षकको बजेट कटौती गर्ने प्रस्ताव समेत गरेका छन् ।

उनले आफ्नो बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित गर्न निर्देशन दिएका छन् । समाजिक सुरक्षा र स्वास्थ्य सेवाको बजेट भने कटौती नहुने भएको छ ।

मार्च महिनाको अन्त्यतिर ट्रम्पले प्रस्तावित बजेटलाई अन्तिम रुप दिने बताइएको छ ।