August 17, 2017

बंगलादेश सबैभन्दा कम समयमा १ सय टेस्ट खेल्ने राष्ट्र

काठमाण्डौ, २ चैत्र । एशियाको राष्ट्र बंगलादेश सबैभन्दा कम समयमा १ सय टेस्ट खेल्ने टिम बनेको छ ।

कोलम्बोमा बुधबार श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याच खेल्दै बंगलादेश कम समयमा १ सय टेस्ट खेल्ने राष्ट्र बनेको छ ।

यो रेकर्ड राख्नका लागि बंगलादेशले १६ वर्ष, ४ महिना, २ दिन लगायो । यसअघि यो रेकर्ड श्रीलंकाको नाममा थियो ।

दस राष्ट्रले १ सय टेस्ट खेल्न कति समय लगाए त ?

१. बंगलादेश– १६ वर्ष, ४ महिना, ६ दिन
२. श्रीलंका– १८ वर्ष, ३ महिना, २९ दिन
३. जिम्बाबे– २४ वर्ष, १२ दिन
४. पाकिस्तान– २६ वर्ष, ४ महिना, २३ दिन
५. इङ्ल्याण्ड– ३२ वर्ष, ३ महिना, १७ दिन
६. भारत– ३५ वर्ष, १९ दिन
७. अष्ट्रेलिया– ३५ वर्ष, २ महिना, १३ दिन
८. वेस्ट इन्डिज– ३६ वर्ष, ८ महिना, ९ दिन
९. न्यूजिल्याण्ड– ४२ वर्ष, २ महिना, १४ दिन
१०. दक्षिण अफ्रिका– ५९ वर्ष, ११ महिना, २२ दिन

एजेन्सी