August 23, 2017

बंगलादेशमा श्रृंखलाबद्ध विस्पोटमा परी ६ जनाको मृत्यु

काठमाण्डौ, १३ चैत्र । बंगलादेशको सिलहटमा एक भवन नजिक भएको श्रृंखलाबद्ध विस्फोटमा ६ जनाको मृत्यु भएको छ ।

बगंलादेशको उत्तरपूर्वी शहर सिलहटमा भएको दुईवटा विस्फोटमा परी दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । विस्फोटमा अरु केही घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि चरमपन्थीको कब्जाबाट प्रहरीले ८० नागरिकलाई सुरक्षित रुपमा निकालेको थियो ।

आक्रमणको जिम्मा आईएसले लिए पनि आक्रमणमा जमाएतुल मुजाहिदिनको हात रहेको प्रहरीले आशंका गरेको छ ।