August 24, 2017

फ्लोरिकल्चर क्षेत्रसँगकाे साझेदारीलाई निरन्तरता दिइने कृषी मन्त्रीकाे भनाई

काठमाण्डौ ३० चैत्र । कृषी मन्त्री गौरीशँकर चौधरीले सरकारले फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएको साझेदारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन ।

बालुवाटारस्थित बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अवलोकनका क्रममा मन्त्री चौधरीले फ्लोरिकल्चरमा नीजि क्षेत्रको लगानीको प्रशँसा गरे ।

अवलोकन कार्यक्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए ।

उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म  फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।