August 16, 2017

फ्रान्स राष्ट्रपतिय चुनाव : इम्यानुअल र मेरिन बीच कडा टक्कर हुने

काठमाण्डौ ,११ वैशाख । फ्रान्सका जनताले दोस्रो चरणको राष्ट्रपति चुनावमा लड्ने दुई जना उम्मेदवार चयन गरेका छन् ।

३९ वर्षीय मध्यपन्थी उम्मेदवार एम्यानुअल म्याक्रों र चरम दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनले दोस्रो चरणको चुनावमा प्रतिष्पर्धा गर्नेछन् ।

पहिलो चरणको मतदानलाई फ्रान्समा ६ दशकदेखि शासन गरिरहेका परम्परागत मध्य दक्षिणपन्थी तथा मध्य वामपन्थी पार्टीहरुको पराजयकाहुने देखिएको छ । दोस्रो चरणका लागि छानिएका उम्मेदवारको राजनीतिक विचारधारामा ठूलो अन्तर रहेकाे देखिन्छ ।

युरोपेली नेताहरुले फ्रान्सको भावी राष्ट्रपतिमा म्याक्रोंलाई समर्थन गर्ने जनाएका छन् । जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ताले म्याक्रोंलाई सफलताको शुभकामना दिंदै उनको युरोप समर्थित धारणाहरुको प्रशंसा गरिन् ।