September 21, 2017

फ्रान्समा पहिलो चरणको संसदीय निर्वाचनमा राष्ट्रपति इम्यानुयल म्याक्रोको पार्टी बहुमततर्फ

काठमाण्डौं २९ जेठ । फ्रान्समा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति इम्यानुयल म्याक्रोको पार्टीले बहुमत हासिल गर्ने देखिएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा गरिएको सर्वेक्षणमा म्याक्रोको रिपब्लिक अन द मुभले बहुमत पाउने देखिएको छ । कुल ५ सय ७७ सिट मध्ये रिपब्लीकनले ४ सय भन्दा बढी सिट ल्याउने सर्वेक्ष्ँणले देखाएको छ ।

म्याक्रोको पार्टी अस्तित्वमा आएको मात्र एक बर्ष पूरा भएको छ । नयाँ पार्टी भएकाले पार्टीका अधिकांश उम्मेदवार अनुभवहीन छन । दोस्रो चरणको मतदान आगामी आइतबार हुनेछ ।

रिपब्लीक पार्टीका बिपक्षीहरु हारको त्रास भएकाले निकै कम संख्यामा मतदान भएको बताइएको छ । राष्ट्रपति म्याक्रोले पूर्ण बहुमत प्राप्त गरेपछि आर्थिक र समाजिक सुधारको क्षेत्रमा काम गर्ने बताएका छन् ।