August 21, 2017

फ्रान्समा राष्ट्रपतिय चुनाव हुदै

काठमाण्डौ ,१० वैशाख । फ्रान्समा आज हुने राष्ट्रपति निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

विदेशमा रहेका केही फ्रान्सेली नागरिकले पनि मतदान गर्न थालेका छन् । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार जना सैनिक परिचालन गरिएको छ ।

इस्लामवादी हमलामा मध्य पेरिसमा बिहीबार एक जना प्रहरी मारिएपछि थप सुरक्षाकर्मी तैनाथ गरिएको हो । मध्य पेरिसको सांज लिसेमा बन्दुकधारीले गरेको आक्रमणमा एक जना प्रहरीले ज्यान गुमाउनुका साथै दुई जना घाइते भएका थिए ।

राष्ट्रपति पदको चुनावी मैदानमा ११ जना उम्मेदवार सहभागी छन् । जसमध्ये चार जना अग्रपंक्तिमा रहेको ठानिएको छ ।