July 21, 2017

फ्रान्समा इम्यानुयल म्याक्रोन नयाँ राष्ट्रपति

काठमाण्डौं २५ बैशाख । फ्रान्समा युरोप समर्थक मध्यमार्गी नेता इम्यानुयल म्याक्रोन राष्ट्रपतिमा चयन भएका छन ।

३९ बर्षीय म्याक्रोन आफना प्रतिष्पर्धी मरी ल पेनलाइ हराउदै राष्ट्रपति चुनिएका हुन । म्याक्रोनले कुल मतको ६५ प्रतिशत मत प्राप्त गरे ।

दक्षिणपंथी नेतृ पेनले आफनो हार स्वीकार गरेकी छन । पेनले ३४ प्रतिशत मात्रै मत प्राप्त गरिन । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै म्याक्रोनले आफनो जितले फ्रान्स नयाँ अध्याय सुरु भएको बताएका छन ।

उनले आफू आशा र सत्यताको प्रतिक बनेर अघि बढने प्रतिबद्धता जनाए । उनले मुलुकमा बिद्यमान भेदभाव अन्त्य गरी युरोपेली संघ र जनताबीच पुनः सम्पर्क स्थापित गर्ने बताए ।

जलवायु परिवर्तनका असर कम गर्न पनि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए । जितपछि म्याक्रोनका समर्थकहरुले मुलुकका बिभिन्न स्थानमा बिजयी र्याली निकालेका छन । म्याक्रोनले अब चाडै नयाँ सरकारको गठन गर्नेछन । आगामी जुनमा फ्रान्समा संसदीय चुनाव गर्ने कार्यतालिका छ ।