May 26, 2017

फ्रान्समा आतंकवादी हमला

काठमाण्डौ,८ वैशाख । फ्रान्सको राजधानी पेरिसको मुख्य शहरमा पार्किङ गरिएको प्रहरी बसमा एक जना बन्दुकधारीले गोली चलाउँदा १ ,प्रहरीेको मृत्यु भएको छ ।

राजधानी पेरिसको चाम्स इलेसिसमा भएको हमलामा १ प्रहरी अधिकारीको मृत्य भएको छ , भने अन्य २ जना घाइते भएका छन् । त्यस्तै प्रहरीको जवाफी कारबाहीमा १ जना आक्रमणकारीको समेत मृत्यु भएको छ ।

राष्ट्रपतिय निर्वाचनको ३ दिन अगाडि गरिएको सो आक्रमणप्रति राष्ट्रपति फ्रान्कोइ ओल्याण्डले चिन्ता व्यक्त गरेका छन् ।

आक्रमणकारीले स्वचालित हतियार प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमणको आतंकवादी संगठन आइएसले जिम्मा लिएको छ । आक्रमणमा गरिएको सो क्षेत्र पर्यटकीय हिसाबले प्रसिद्ध मानिन्छ ।