October 22, 2017

फोरम लोकतान्त्रिकका उपाध्यक्ष भन्छन – ‘संशोधन बिनाको निर्वाचनले देश कश्मिरीकरण हुने खतरा’   

खग प्रसाद चापागाई/कपिलवस्तु ५ चैत्र । मधेसी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का राष्ट्रिय उपाध्यक्ष रामजनम चौधरीले संविधान संशोधन बिनाको निर्वाचन औचित्यहिन रहेको बताएका छन ।

तौलिहवामा आयोजित कार्यक्रममा नेता चौधरी सरकारले पेश गरेको संशोधन प्रस्ताव भन्दा पनि आफुहरुले पेश गरेको संशोधन प्रस्तावलाई पारित गर्नु पर्ने बताए ।

 प्रदेश नम्बर २ मा झापा, मोरङ्ग, सुनसरी र प्रदेश प्रदेश नम्बर ५मा चितवनको मधेसी बाहुल्य क्षेत्र सहित कञ्चनपुर सम्मको प्रदेश बनाउनु पर्ने आफुहरुको प्रस्तावमा रहेको उनले बताए ।

संशोधन बिना हुने निर्वाचनमा आधा जनताले भाग नलिने र मुलुक कश्मिरीकरणमा जाने उनले बताए । आफनो दलले मधसेको अधिकार संरक्षणकै लागी सडक, सदन र सरकारमा रहने नीति अख्तियार गरेको उनले प्रष्ट पारे ।