August 19, 2017

फोरम नेपाल सप्तरीको अध्यक्षमा दिनेश यादब

दिनेश शर्मा

राजविराज, ५ फाल्गुन । संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्षमामा दिनेशकुमार यादव निर्वाचित भएका छन ।

बिहिबार सार्वजनिक गरिएको निर्वाचनको मतपरिमाण अनुसार प्रतिद्वन्दी सुरेन्द्रप्रसाद यादबलाई १ सय ५७ मत अन्तरले पराजित गर्दै यादब अध्यक्षमा बिजयी भएका हुन । अध्यक्षका लागि खसेको कुल मत मध्ये दिनेशले ४ सय ३९ र सुरेन्द्रले २ सय ८२ मत प्राप्त गरेका छन् ।