October 18, 2017

फोटोग्राफरले तस्बिर लिन छोडेर घाइते बच्चाको ज्यान बचाए

काठमाण्डौ, ५ वैशाख । सीरियामा अब्द अल्कादेर हबक नामका फोटोग्राफरले हमाला भइरहेको समयमा तस्बिर लिनुको सट्टा एक घाइते बालकको ज्यान बचाएका छन् ।

यो घटना सिरियाको बस काफिले भन्ने स्थानमा भएको हो । घटनामा परी ६८ बालबालिकाको मृत्यु भएको थियो भने कम्तिमा १ सय २६ जनाले ज्यान गुमाएका थिए ।

हबकले सिएनएनलाई भने, ‘त्यो दृश्य ज्यादै भयानक थियो । विशेषगरी बालबालिकाहरुका लागि आफ्नै अगाडि मरिरहेको र रोइरहेको देख्नु दर्दनाक पनि थियो ।’