August 21, 2017

फेसवुकबाटै सातलाख संकलन गरी जिल्ला सिमानको गेट बनाईदै

पुरुषोत्तम गिरी/ सल्यान, १३ चैत्र । सल्यानका युवाहरुले जिल्लाको सिमानामा गेट निर्माणका लागि सामाजिक संजाल फेसवुकबाटै सात लाख बढि संकलन गरेका छन् ।

राप्ती राजमार्ग अन्तर्गत सल्यान र दाङ्गको सिमानामा गेट निर्माण गर्नका लागि सल्यान गेट निर्माण अभियान संचालन गरी उनिहरुले उक्त रकम संकलन गरेका हुन ।

सल्याको पर्यटकिय सम्भावना बोकेका कुराहरुलाई गेट मार्फत प्रचारप्रसार गर्नका लागि गेट बनाउन लागिएको भारतको बैँगलोरमा अध्ययन गरिरहेका यसका अभियान्त ध्रुवराज वलीले बताए ।

उनले भने ‘अहिले सम्म यो अभियानमा उत्साहजनक तरिकाले जिल्लावासिहरु लागेका छन् । सल्यान जिल्लामा जन्मिएर जिल्ला भित्र वाहिर तथा देश बाहिर रहेकाहरुले यसमा रकम जम्मा गरिरका छन् ।’

हाल सम्म ७८ जना जिल्लावासिहरुले एक हजार रुपैँया देखि एकलाख रुपैँया सम्म यस अभियानलाई सहयोग गरेको उनले बताए ।

लागत इस्टमेट तयार गरी गेट निर्माण गर्ने ठाउँको प्राविधिक अध्ययन समेत गरिसकेको पुल्चोक क्याम्पसमा इन्जिनियरीङ्ग पढिरहेका अर्का अभियान्ता लोकेन्द्र बुढाले बताए ।

युवाहरुले फेसवुकबाटै विभिन्न अभियानहरु संचालन गरी सामाजिक काम गर्दै आएका छन् । यसअघि सल्यानलाई चिनाउन सल्यानको नक्सा अंकिते सल्यान राम्रो सल्लेरी पाखैले लेखिएको टिसर्ट बजारमा पठाएको यस समुहले जिल्लाका तस्वीर अंकित होडिङ्ग बोर्ड जिल्लाका विभिन्न स्थानमा राखेको थियो । जिल्लालाई चिनाउनका लागि आफुहरु निरन्तर लाग्ने उनिहरुले बताएका छन् ।