August 23, 2017

फेसबुकमा प्रत्यक्ष रुपमा यौन अश्लिल भिडियाे पठाउने१४ वर्षीय बालक पक्राउ

काठमाण्डौ, २० चैत्र । सामाजिक सञ्जाल आफैंमा नकारात्मक भने होइन । यसको सदुपयोग गर्ने वा दुरुपयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा भर पर्दछ ।

फेसबुकमा १५ वर्षीय किशोरीलाई प्रत्यक्ष अश्लिल लाइभ भिडियो पठाउने १४ वर्षीय किशोर यौन आक्रमणको अभियोगमा शिकागोमा पक्राउ परेका छन् । उक्त किशोरमाथि यौन आपराधिक क्रियाकिलाप र बाल अश्लिलतालाई प्रचार गरेको अभियोग छ ।

किशोरको उमेरको कारण नाम नखुलाइएको प्रहरीले बताएको छ । यसअघि पनि पीडित किशोरीलाई ५–६ जना पुरुषले यौन आक्रमण गरेका थिए ।

गएको जनवरी महिनामा पनि शिकागो पुलिसले यस्तै प्रकृतिको घटनामा ४ जनालाई पक्राउ गरेको थियो ।