October 23, 2017

फेसबुकमा दोहोर्‍याएर अश्लिल तस्बिर पोस्ट गर्न नमिल्ने

काठमाण्डौ, २६ चैत्र । फेसबुक मार्फत कसैको अश्लिल तस्बिर अनुमति बिना पोस्ट गर्ने कार्यलाई फेसबुकले रोक्ने तयारी गर्दैछ । यस्ता खालका पोस्टलाई ‘रिभेन्ज पोस्ट’ भनिन्छ ।

फेसबुकमा अश्लिलपूर्ण तस्बिर दोहोर्‍याएर पोस्ट गर्ने कार्यमा पूर्णरुपले रोक लगाउन खोजिदैंछ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुनेछ । तर अहिले यो रोक व्हाट्सऐपमा लागू हुने छैन ।

फेसबुकले अश्लिलपूर्ण सामग्री पोस्ट गर्नेलाई खोज्दैन किनकि आपत्तिजनक पोस्ट गरिसकेपछि रिपोर्ट टुलको माध्यमद्वारा फेसबुकमा आपत्तिजनक अवस्था जनाउँछ ।

यसपछि कम्युनिटी अपरेसन टिमले गुनासो गरिएको तस्बिरको जाँच गर्ने गर्दछ । जाँचिसकेपछि त्यो फोटोलाई त्यहाँबाट हटाइन्छ र जुन एकाउन्टबाट अश्लिल तस्बिर पोस्ट गरिएको हो त्यो एकाउन्टलाई ब्लक गरिन्छ । सफ्टवेयरको माध्यमद्वारा एकचोटि पहिचान गरिएको तस्बिरलाई पुनः पोस्ट गर्न मिल्दैन ।

फेसबुकका विश्व सुरक्षा प्रमुख एन्टिगन डेविसले बीबीसीलाई बताए, ‘यो पहिलो कदम हो । हामी यो प्रविधिलाई बनाउन जुटिरहेका छौं र हामी के चाहन्छौं भने, अश्लिल खालका सामग्रीलाई प्रारम्भिक चरणमा नै रोक्न सकियोस् ।’