October 19, 2017

फेरि पूर्वराजपरिवारको सम्पत्ति खोज्दै ट्रस्ट

काठमाण्डौ,२४ चैत्र । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ ।

विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुषा, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी शुरु गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले बैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको बताए । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।