August 23, 2017

फिल्म छोड्न सक्छु तर पगरी सक्दिनः दिलजीत

काठमाण्डौ, १४ चैत्र । भरखरै रिलीज भएको फिल्म ‘फिलौरी’ मा अनुष्का शर्मा, पंजाबी अभिनेता दिलजीत दोसांझ रहेका छन् ।

तिनै अभिनेता दिलजीतले आफूलाई धेरै निर्माताहरुले फिल्ममा पगरी लगाउने कलाकार नचल्ने भनेर भनेको बताएका छन् ।

उनले बीबीसीलाई भने, ‘मेरो पहिलो फिल्म नराम्ररी फ्लप भयो । निर्माताले बाबु फिल्ममा पगरी लगाउने अभिनेता चल्दैनन् भने । तिमीलाई दर्शकले मन पराउँदैनन् ।’

त्यसाे भए आँफूले बरु फिल्म नगर्ने तर पगरी नखोल्ने बताए । उनको दोस्रो फिल्म जसमा उनले पगरी लगाएरै अभिनय गरे त्याे सुपरहिट भयो । उनले थपे, ‘यसले निर्माताको भनाइलाई गलत साबित गरिदियो ।’

दिलजीत गायक पनि हुन् । फिल्म ‘उडता पंजाब’ को गीत ‘इक कुडी’, अनि ‘पटियाला पेग’ र ‘पंगा’ उनका सर्वाधिक लोकप्रिय गीतहरु हुन् ।