September 23, 2017

फिलिपिन्स विरुद्धको खेलमा २७ सदस्यीय फुटबल टोलीको घोषणा

काठमाण्डौ, २७ फाल्गुन । एएफसी एसियन कप २०१९ को लागि फिलिपिन्स विरुद्धको छनोट खेलमा २७ सदस्यीय फुटबल खेलाडी तयार गरिएको छ ।

यसभन्दा अघि प्राथमिक चरणमा ३६ खेलाडी थिए र त्यो संख्यालाई घटाएर २७ बनाइएको हो । एएफसी एसियन कप २०१९ को छनोट खेल नजिकिँदै गर्दा २७ सदस्यीय टोली तयार पारिएको मुख्य प्रशिक्षक ग्योटोकु कोजीले बताए ।

खुट्टाको चोटका कारण फरवार्ड नवयुग श्रेष्ठ यो टोलीमा छैनन् । नयाँ खेलाडी मध्ये विश्व अधिकारी, विमल पाण्डे, युवराज खड्का र रविशंकर पासवान यो टिममा परेका छैनन् भने विमल बस्नेत चाँहि यो टोलीमा अटेका छन् ।

एएफसी एसियन कप २०१९ को लागि फिलिपिन्स विरुद्धको पहिलो छनोट खेल २८ मार्चमा रिजल मेमोरियल स्टेडियम मनिलामा हुनेछ ।