August 19, 2017

फिरौतीपछि प्रेमिकाको हत्या

काठमाण्डौ, ११ चैत्र । युवतीको सहयोगमा व्यापारीलाइ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रमिकाको हत्यामा संलग्न रहेका दुईजनालाइ प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाण्डौको मखनगल्लीस्थित न्यूडालिज साडि संसारका सञ्चालक श्यामसुन्दर अग्रवाललाई अपरहण गर्न योजना बनाउने र आफ्नै प्रेमिकाको हत्या गर्ने अपहरणकारी तथा युवतीको हत्यामा संलग्न रहेका किशोर गिरी र सरोज घोरासैनिलाई प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

उत्त घटनाका प्रमुख प्रकाश लामिछाने भने फरार रहेका छन् । सो साडि पसलमा काम गर्दै आएकी धादिङ धार्केकी राधिका श्रेष्ठले आफ्नै प्रेमि प्रकाश लामिछानेको योजअनुसार अग्रवालको अपहण गर्ने योजना बनाएकी थिइन् । यो खबर आजको नेपाल समाचारत्रमा छ ।