August 19, 2017

फास्ट ट्रयाक आफैं निर्माण गर्न सरकारलाई सुझाव

 

काठमाण्डौ ९ फाल्गुन । काठमाडौं–निजगढ द्रुतमार्ग सुझाव समितिले फास्ट ट्रयाक आफैं निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउदै राष्ट्रिय योजना आयोग नेतृत्वको कार्यदलले काठमाडौं–निजगढ द्रुतमार्ग आफैं निर्माण गर्न सरकारलाई सुझाव दिएको हो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले अब फास्ट ट्रयाक निर्माण अघि बढ्ने बताउनुभयो । यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ संयोजकत्वको समितीले फास्ट ट्रयाक नेपालले बनाउन सक्ने निष्कर्ष निकालको थियो ।
कार्यदलले भारतीय कम्पनीले बनाएको डीपीआर स्वीकार गरेर फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउनु पर्ने सुझाव दिएको छ ।
काठमाडौं–निजगढ द्रतमार्ग निर्माणका लागि यस वर्ष पनि सरकारले १० अर्ब बजेट छुट्याएको छ । प्रत्येक वर्ष १० देखि २० अर्ब छुट्याउ“ंदा ३ देखि ५ वर्षमा फास्ट ट्रयाक बन्नसक्ने कार्यदलको भनाइ छ ।

 

रकम जुटाउन विकास ऋणपत्र जारी गर्न पनि सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।