August 21, 2017

फास्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई

काठमाण्डौ,१८ चैत्र । राजधानीबाट तराई मधेस जोड्ने बहुचर्चित दु्रत  मार्ग फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ ।

लामो समयसम्म बुट निर्माण, (सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ वर्षदेखि अलमलमा रहेको राष्ट्रिय गौरवको आयोजना द्रुत मार्ग निर्माण अघि बढाउन लागेको हो । भौतिक पूर्वाधारले रक्षा मन्त्रालयमार्फत पत्र पठाई ७६ किमि लामो द्रुत मार्ग सेनाको व्यवस्थापनमा अघि बढाउन चाहेको उल्लेख गर्दै निर्माण जिम्मा लिन तयार रहेरनरहेकोबारे जंगी अड्डासित राय मागेको छ ।

‘सेनाले द्रुत मार्ग निर्माण गर्न सक्नेर नसक्नेबारे राय मागेर रक्षामार्फत पत्र पठाएका छौँ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘सेनाले बनाउन सक्छु भन्यो भने उसैलाई जिम्मा दिइने छ ।’ सेनाको सकारात्मक जवाफ आउनासाथ मन्त्रिपरिषद्बाट निर्णय गरी जिम्मा दिइनेछ ।

भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीका अनुसार सेनाले द्रुत मार्ग निर्माणको जिम्मा लिएपछि उसलाई प्राविधिक सहयोग र्पुयाउन सडक विभागका अधिकारी र सिभिलियन एक्सपर्ट रहेको संयन्त्र गठन गरिनेछ। ती अधिकारीले भने, ‘द्रुत मार्ग निर्माण गर्दा आफूले सक्नेजति काम सेनाले नै गर्नेछ भने बाँकी काम अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गराई परामर्शदाता र ठेकेदार छनोट गरी हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।