August 18, 2017

फागु पूर्णिमाको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाण्डौ, २६ फाल्गुन । नेपालीहरुको महान पर्व फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई राष्ट्रपति विद्या देवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा  चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमान दायित्व रहेको उल्लेख छ।

‘यस महान पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् ।’  भन्दै शुभकामना व्यक्त गरिएकाे छ ।