प्लेअफ अन्तर्गतको दोस्रो खेलमा धनगढी टिम चौराह ६ विकेटले विजयी

काठमाण्डौ, ६ वैशाख । धनगढी प्रिमियर लिग अन्तर्गतको दोस्रो प्लेअफमा  टिम चौराह घनगढीले काठमाण्डौ गोल्डेन्स्लाई ६ विकेटले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन्स्ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रनमात्र बनाउन सक्यो । उसका लागि नरेश बुढाएरले २९, सुमित महर्जन र रोहितकुमार पौडेलले समान ३१ रन बनाए ।

बलिङतर्फ चौराहका ललित राजवंशी र अमर रौटेलाले समान २–२ विकेट लिए । त्यसैगरी रामनरेश गिरी र सौरभ खनालले पनि १–१ विकेट हात पारे ।

१ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको चौराहले १० बल अघि नै ४ विकेटको क्षतिमा जित भेट्यायो । उसका लागि अनिल मण्डलले ४४ र आरिफ शेखले आक्रामक शैलीमा २२ रन बनाए । बलिङतर्फ काठमाण्डौ गोल्डेन्सका सन्तोष भट्टले २ र मन्जित श्रेष्ठले १ विकेट लिए ।