August 22, 2017

प्रेमीले एसिड प्रहार गर्दा प्रेमिकाको मृत्यु

२४ माघ, बुटवल । प्रेममा धोका दिएको भन्दै एक युवकको एसिड प्रहारबाट एक युवतीको मृत्यु भएको छ ।

धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटामाथि आइतबार राति एसिड प्रहार गरेका थिए । तुलसाको लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट उपचारका लागि काठमाडौं ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा रहेको भन्दै उनले तुलसाले आफूलाई छाडेर अकै केटासंग प्रेम गरेकोले एसिड हानेको उनले स्वीकारेका छन् ।

एसिड प्रहारबाट घाइते बनेकी युवतीले होटलमा सहयोग मागेपछि होटलका स्टाफहरुले युवकलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए । यसबारेमा अनुसन्धान भइरहेको डीएसपी मरासिनीले जानकारी दिएका छन्।