‘प्रेमगीत २’ साउन १३ देखि प्रदर्शनमा आउने

काठमाण्डौ २८ फाल्गुन । नेपाली कथानक चलचित्र ‘प्रेमगीत २’ को प्रदर्शन मिती घोषणा भएको छ ।
चलचित्रका नायक प्रदिप खड्काको जन्मदिनको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा २०७४ साल साउन १३ गते ‘प्रेमगीत २’ चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको हो । थाइल्याण्ड, बर्मा र नेपालमा छायांकन भएको चलचित्र ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका छन् भने यसका निर्माता सन्तोष सेन रहेका छन् ।
चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन् । यसैविच चलचित्र ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनले भर्खरै निर्वाचित चलचित्र पत्रकार संघलाई सम्मान गर्दै ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेको छ । चलचित्र पत्रकार संघका नव निर्वाचित्र अध्यक्ष संदिप सापकोटाले सो रकमको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।