प्रावधान मिचेर गोल्छा समूहले उम्मेदारी घोषणा गरेपछि विवाद चुलियो

काठमाण्डौ, २४ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्षमा भवानी राणाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहले उम्मेदारी घोषणा गरेपछि विवाद चुलिएको छ ।

पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोरकुमार प्रधान समूहले राणाको उक्त कदमको आलोचना गरेका हुन । निर्वाचनमा अध्यक्ष र भावी अध्यक्ष तटस्थ रहनुपर्ने प्रावधानलाई मिचेर एउटा समूहको मात्रै उम्मेदवारी सभामा सहभागी हुनुले महासंघको गरिमा माथि आ“च आएको प्रधान समूहले बताएका छन् ।

वर्तमान पदाधिकारी एक प्यानलको चुनावी प्रचारप्रसार र पक्षमा मत माग्दै हिँड्नुले महासंघको भावी कार्यनीति माथि दिर्घकालीन असर पार्ने प्रधान समूहले बताएको छ ।

महासंघको भावी अध्यक्ष भवानी राणाले मंगलबार वरिष्ठ उपाध्यक्षका उम्मेदार शेखर गोल्छासहितको प्यानलको उम्मेदारी घोषणा गरेपछि विवाद चुलिएको हो ।